निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर : जेनजी अभियन्ता
काठमाडौँ । जेनजी अभियन्ताहरूले आसन्न निर्वाचनलाई मुलुकमा विधिको शासन र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्। उनीहरूले लोकतन्त्र, सुशासन, विकास र राष्ट्रिय एकता मजबुत बनाउन निर्वाचन सफल बनाउनु सबै सरोकारवालाको साझा दायित्व भएको धारणा व्यक्त गरेका हुन्। स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनबाट सक्षम तथा जिम्मेवार जनप्रतिनिधि चयन हुने विश्वास अभियन्ताहरूले…
